☰ open Loading... 5 February 2025|  

देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु
पश्चिम नेपाल   | २६ कार्तिक २०८०, आईतवार १३:१५

पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।