☰ open Loading... 17 July 2024|  

आज हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पश्चिम नेपाल   | २९ कार्तिक २०८०, बुधबार ०९:०९

हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

आज दिउँसो कोशी लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।