☰ open Loading... 19 September 2024|  

विज्ञको प्रतिवेदन :‘दुई पालिका नै स्थानान्तरण गर्नुपर्ने’
पश्चिम नेपाल   | ५ मंसिर २०८०, मंगलवार १७:१६

नगरपालिकामा ६ हजार सात सय ६८, शिवालय गाउँपालिकामा दुई हजार आठ सय ६, कुशे गाउँपालिकामा चार हजार ६ सय दुई, जुनिचाँदे गाउँपालिकामा तीन हजार नौ सय ७८, बारेकोटमा तीन हजार तीन सय २१, नालागाडमा ६ हजार पाँच सय ६६ तथा छेडागाड नगरपालिकामा ६ हजार चार सय ९० घरमा क्षति भएको तथ्यांक उपलब्ध भएको छ।

यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा दुई हजार सात सय २९, मुसिकोटमा तीन हजार नौ सय, सानीभेरी गाउँपालिकामा चार हजार ६ र चौरजहारीमा ६ हजार पाँच सय घरमा क्षति भएको जनाइएको छ।

यसैगरी सल्यानको शारदा नगरपालिका–११ र बागचौर नगरपालिकामा २६, दार्मा गाउँपालिकामा नौ सय ५७, बनगाड कुपिन्डे नगरपालिकामा एक सय एक, सिद्धकुमाख गाउँपालिकामा २०, कपुरकोट गाउँपालिकामा २६ र कुमाख गाउँपालिकामा पाँच घरधुरीमा क्षति पुगेको छ।

टोलीको नेतृत्व मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर लीला खतिवडाले गरेका थिए। टोलीमा भवन विभागका इन्जिनियर देवेन्द्रदेव खनाल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका किशोरविक्रम शाही र नरेशचन्द्र भट्ट, नेपाल इन्जिनियरिङ एसोसिएसनका डा. गोकर्ण मत्रा र डा. राजुन सुवाल सहभागी थिए।