☰ open Loading... 19 September 2024|  

क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन मिल्ने
पश्चिम नेपाल   | ५ मंसिर २०८०, मंगलवार १७:३१

अब कर्णाली प्रदेशमा क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन मिल्न भएको छ । यो सगै कर्णालीबासीले घरबाटै क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने छन् ।

मंगलबार प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी भीम प्रसाद ढकालले उक्त क्यूआर कोर्डको उद्घाटन गरेका छन् । क्यूआर कोर्ड सञ्चालनमा आएसँगै प्रहरीमा उजुरी दिनुपरे घरबाटै दिन सकिने छ ।

सुरक्षित कर्णाली निर्माण गर्न सात वटा अभियान सञ्चालन गरेको भन्दै ढकालले नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन भन्ने उद्देश्यले क्युआर सिस्टम सञ्चालनमा ल्याइएको जानकारी दिए ।

क्यूआर कोडमार्फत आएका गुनासालाई तिन प्रकारमा वर्गीकरण गरिने छ । ढकालका अनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तिन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइने छ । उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी प्रक्रिया अघि बढाइने छ ।