☰ open Loading... 16 September 2024|  

उपत्यकामा उच्च सुरक्षा सतर्कता
पश्चिम नेपाल   | ६ मंसिर २०८०, बुधबार १०:०२

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरमा आयोजना गर्ने प्रदर्शनलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा तुल्याएको छ ।

प्रदर्शनमा अराजक गतिविधि हुन सक्ने सूचनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा तुल्याएको हो । प्रहरीले उपत्यका भित्रिने सबै नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।

नाकामा खटिएका सुरक्षाकर्मीले मंगलबारबाटै चेकजाँच कार्यलाई तीव्रता दिएका छन् । प्रदर्शनकारीको आवरणमा हतियारधारी समूह घुसपैठ हुने सूचना पाएपछि प्रहरीले नाकाको चेकजाँचलाई तीव्र तुल्याएको हो ।