☰ open Loading... 26 July 2024|  

आगलागी हुँदा तीन बालबालिका र एक वयस्कको मृत्यु
पश्चिम नेपाल   | ९ मंसिर २०८०, शनिबार ०७:५३

गुलरिया नगरपालिका वडा नं ४ स्थित तुलापुरको एक घरमा आगलागी हुँदा २ बालक, १ बालिका र १ महिला सहित ४ जनाको मृत्यु भएको छ।

आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो। घाइते २८ वर्षकी करिष्मा चन्दको बर्दिया अस्पतालमा उपचारका भईरहेको छ।

प्रहरीको प्रारम्भिक भनाईमा मक्कल ताप्न खोज्दा आगलागी भएको आंशका छ। गएराती राति करिब १०ः ३० बजे आगलागी भएपछि गुलरिया नगरपालिकाको दमकलको आवाज आएपछि आगलागी भएको घटनास्थलमा स्थानीयद्वारा उद्धार सुरु गरिएको स्थानीयको भनाई छ।

रातीमा अचानक घटेको घटना भएकाले आगलागी भएको वास्तविक कारण अझै नखुलेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए।‘घटना आगलागी भएर भएको हो,’उनले भने,‘विस्तृत अनुसन्धान पछि के कारणले घटना घटेको हो थाहा हुन्छ।’