☰ open Loading... 16 September 2024|  

नेपालगञ्ज म्याराथन
पश्चिम नेपाल   | ९ मंसिर २०८०, शनिबार १०:४५

नेपालगञ्ज म्याराथनको नवौं संस्करण सुरु भएको छ। नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए।

संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद दुई लाख रुपैयाँ पाउने छन् भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान पाँचपाँच हजार रूपैयाँ पाउने छन्। म्याराथनमा ३० जनाको सहभागिता छ।

म्याराथनसँगै हाफ म्याराथन, विद्यालयस्तरीय महिला-पुरुष १० किलोमिट पाँच किलोमिटर दौड, ह्विलचेयर दौड ‘किड्स रन’ पनि भएको छ।