पश्चिम नेपाल | ९ मंसिर २०८०, शनिबार १२:२३
जाजरकोटको कुशे गाउँपालिकामा मेलामा युवाहरुबिच विवाद हुँदा एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिकामा –२ धौलाईमा लागेको मेलाबाट फर्किने क्रममा युवाहरु बिच भएको विवादका क्रममा तीनजनाको कुटाइबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनकाअनुसार शुक्रबार राति शाहीको मृत्यु भएको खबर पाएलगत्तै बिहान प्रहरी घटनास्थलतर्फ गएको छ ।