☰ open Loading... 18 October 2024|  

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
पश्चिम नेपाल   | १० मंसिर २०८०, आईतवार १२:०९

२६/११ मुम्बई हमलाको १५ औं वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनकर्ताहरूलाई सन्क्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिनुभयो । उहाँले पाकिस्तानसङ्ग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न मागसँगै हिन्दूहरूको सहयोगी बन्न पनि आह्वान गर्नुभयो ।

यादवले २६/११ को मुम्बई हमलाले हामीलाई आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताउनुभयो । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए ।

राष्ट्रिय एकता अभियानका समर्थकहरूले पनि पाकिस्तानविरुद्ध एकमतको भावना व्यक्त गरेका छन् र आतंकवादलाई समर्थन गर्नु अपराध हो जुन विश्वका लागि खतरा भएको बताएका छन्। यससँगै अभियानद्वारा हिन्दु समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने समेत आव्हान गरिएको छ ।

उक्त प्रदर्शनमा सहभागीहरुले आतंकवाद र मानवअधिकार उल्लङ्घनका विरुद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाएका छन् । यस प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको छ र मानिसहरूलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रेरित गरेको छ।