☰ open Loading... 18 October 2024|  

बर्दियामा लागु औषधसहित दुई पक्राउ
पश्चिम नेपाल   | १० मंसिर २०८०, आईतवार १७:३६

लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बढैयाताल गाउँपालिका–८ पशुपति बजार स्थितबाट प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी रहेका छन्।

भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार भारतबाट नेपाल तर्फ आउँदै गरेका दुवै जनालाई चेकजाँच गर्दा लागु औषध बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनाको साथबाट १४ ग्राम ९ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जनाए।