कर्णालीमा साउनयता तिन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १ सय ४९ पटक अनुगमन गरेको जनाएको छ । साउन र भाद्रमा अलि कम गरेको अनुगमन असोजमा बढी गरेको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठीमा बताईएको हो ।
कर्णालीका ७ जिल्ला कार्यक्षेत्र रहेको गुण नियन्त्रण कार्यालयको साउनमा ४ पटक, भाद्रमा २६ पटक र असोजमा १ सय १९ पटक अनुगमन गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । ढिलो गरि भदौंमा बजेट आएकाले अनुगमन संख्या कम भएको कार्यालयका निमित्त प्रमुख भेष बहादुर थापाले बताए । कर्णालीमा अनुगमन गर्ने बजार क्षेत्र धेरै भएपनि कर्मचारी अभावका कारण कठिनाई भएको थापाले बताए । ५० वटा मापदण्डमा यहाँका होटल तथा रेष्टुरेन्टहरु कायम गर्न नसक्ने बताईएको छ । ‘अनुगमनका क्रममा कर्णालीमा होटल ब्यवसायीहरु मापण्डमा कमै पर्ने गरेको छ ।’ प्रमुख भेष बहादुर थापाले भने, होटल, रेष्टुरेन्टहरु सन्तोषजनक समेत पाईएको छैन् । स्तरियको ४ वटा लोगोभित्र समेत पर्न गाह्रो रहेको छ ।’
कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव आनन्द सारु, विशेष अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निमित्त सचिव राजु भुज लगायत विभिन्न कार्यालय प्रमुखहरु, संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।