☰ open Loading... 25 November 2024|  

चामुण्डाविन्द्रासैनी नगरमा लगाईएको ताला खुल्यो
पश्चिम नेपाल   | १२ मंसिर २०८०, मंगलवार ११:२६

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा दुई दिनदेखि लगाईएको ताला खुलेको छ । नगरपालिकाको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा नगर प्रमुख कपमा होटेल प्रयोग गरे बापतको रुपैयाँ नतिरेको भन्दै व्यवसायीले तालाबन्दी लगाएका थिए । हिजोदेखि ब्यवसायी र नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिविच छलफल भएपनि मंगलवार ताला खुलेको हो ।

आर्थिक बर्ष ०७९।०८० मा भुक्तानी भै नगर खेलकुद समिति को खातामा मौज्दात रहेको करिब ८ लाख रुपैयाँ ५ दिन भित्र भुक्तानी दिने तथा बाकि रहेको रकम १ महिना भित्र भुक्तानी गर्ने सहमति भै ताला खोलिएको जनाईएको छ ।

छलफलमा नगर प्रमुख गणेश कुमार शाही ,उपप्रमुख मनसरा रेग्मी, प्रमुख प्रशासकिय अधिकृत श्याम रावत , जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिब भुपेन्द्र शाही, होटल ब्याबसायी, सन्चारकर्मी र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।