☰ open Loading... 18 October 2024|  

नगरपालिकाभित्रै सहलेखापाललाई ज्यान मार्ने धम्की
पश्चिम नेपाल   | १४ मंसिर २०८०, बिहीबार १५:१७

सुर्खेतको पञ्चपुरी नगरपालिका –५ बावियाचौरका ब्यवसायी क्षेत्रबहादुर थापा (क्षितिज) ले पञ्चपुरी नगरपालिका काम गरिरहेका सह–लेखापाल राजेन्द्र धमलालाई कार्यकक्षमै ढाड भाँच्ने धम्की दिएका छन् । कुनै पनि सरोकार नभए पनि ब्यवसायी थापाले धमलालाई ज्यान मार्ने धम्की दिएको जनाईएको छ ।

मंसिर १२ गते दिउँसो ३ बजेतिर ब्यवसायी थापाले सह–लेखापाल धमलालाई धम्की दिएका दिए । १३ गते दिउँसो ज्यानको सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन र १४ गते जिल्ला प्रहरी कार्यालयमा सुरक्षा माग सहित पीडित धमलाले निवेदन दिएका छन् । ‘जहाँ भेटाउछु त्यहाँ सक्काउछु भनेर धम्की दिएको छ ।’ पीडित धमलाले भने, कार्यालयमा बस्ने अवस्था नभएपछि वीरेन्द्रनगर आएको छु ।’

पुरानो कुनै मुद्दाको रिस पोख्नको लागि कार्यालयमा पुगेर आफुमाथि हातपात गर्न तम्सिएको हुनसक्ने धमलाको भनाई छ । ‘विना कारण कार्यालयभित्र प्रवेश गएर ढाड भाँच्छु भन्दै ज्यान मार्ने धम्की दियो ।’ पीडित सहलेखापाल धमलाले भने, न्यायको लागि विरेन्द्रनगर आएको छु ।’ लड्न आएका थापालाई कार्यालयमा रहेका सामाजिक परिचालक टिकाराम खरालले रोकेपछि हातपात हुनबाट आफु जोगिएको सहलेखापाल धमलाले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट आफ्नो निवेदनको सुनुवाई नभएपछि कर्णाली प्रदेश प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको पीडित धमलाले बताए । धम्की दिने ब्यवसायी थापासंग प्रतिक्रिया लिन खोज्दा सम्र्पक हुन सकेन् ।