☰ open Loading... 19 September 2024|  

सबइन्जिनियर ८० हजार घुससहित पक्राउ
पश्चिम नेपाल   | १४ मंसिर २०८०, बिहीबार २१:१६

बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बुढानीलकण्ठ नगरपालिका-७ बाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।