☰ open Loading... 18 October 2024|  

सुरक्षा लापरबाहीले मारिए दुई गैंडा
पश्चिम नेपाल   | १५ मंसिर २०८०, शुक्रबार ०६:५६

तिहारको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र दुई वटा गैंडा मारेको खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

३० कात्तिकमा निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्ट नजिकै खाडलमा परेको मरेको गैंडा भेटिएको थियो । एक किलोमिटर वरपर तस्करहरुले ७ वटा खाडल बनाएका थिए, जसमध्ये २ वटा खाडलमा १८ र ६ बर्षका पोथी गैंडा परेका थिए । दुबै गैंडाको खाग काटेर लगिएको थियो ।

गैंडा मारेको आरोपमा ८ जना पक्राउ परेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी नवराज अधिकारीले गैंडा मार्नेदेखि तस्करी गर्न भूमिका खेल्ने ८ जनालाई पक्राउ गरिएको जानकारी दिए ।