☰ open Loading... 8 November 2025|  

रुसी सेनामा गएका ६ नेपालीको मृत्यु
पश्चिम नेपाल   | १८ मंसिर २०८०, सोमबार १८:२०

रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको हो।

ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्।

नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ।