☰ open Loading... 6 June 2025|  

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, १३ जनाको मृत्यु
पश्चिम नेपाल   | १९ मंसिर २०८०, मंगलवार ०९:२६

भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा १३ जना मारिएका छन्। मणिपुरको टेङ्ग्नौपाल जिल्लामा सोमवार दिउँसो हिंसा भड्किदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

टेङ्ग्नौपाल जिल्लाका एक प्रहरी अधिकारीका अनुसार सैबोल भन्ने स्थानमा लीथु गाउँमा चरमपन्थीहरूको दुई समूहबीच भएको झडपमा १३ जना मारिएका हुन्। घटनाको विषयमा अनुसन्धान सुरु भएको पनि ती प्रहरी अधिकारीले बताएका छन्।

मणिपुरमा गत मे ३ देखि मैतेयी र कुकी समुदायबीच हिंसा सुरु भएको हो। जसमा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ६० हजारभन्दा बढी विस्थापित भएका छन्।