☰ open Loading... 7 September 2024|  

एनसेल प्रकरणमा छानबिन समिति, बेकारको नाटक: रवि लामिछाने
पश्चिम नेपाल   | २१ मंसिर २०८०, बिहीबार ०६:५६

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको आरोप लगाएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले एनसेलमा गैर कानुनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए। एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका उनको थियो।

उनले गैर कानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभई कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए। कर छली लगायतका विभिन्न गैर कानुनी काममा वृहत् अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए।

एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाश शरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको जिकिर गरे।

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ। रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरुलाई आज शपथग्रहण समेत गराएको छ।