☰ open Loading... 16 September 2024|  

एक्लै चुनाव लडेमात्रै कांग्रेस बलियो हुन्छ : शेखर कोइराला
पश्चिम नेपाल   | २४ मंसिर २०८०, आईतवार ०६:३५

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एक्लै चुनाव लडेमात्रै कांग्रेस बलियो हुने बताएका छन् ।

चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै कोइरालाले देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस भएको भन्दै एक्लै चुनाव लडेमात्रै कांग्रेस बलियो हुने बताउनुभएको हो । उहाँले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाँझ जानुपर्ने बताए ।

उनले केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको र व्यक्तिवाद हावी भएका कारण चितवनमा पार्टी कमजोर देखिएको जिकिर गरे । चितवनका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ थियो । नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

कोइराराले देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने बताए ।