☰ open Loading... 19 September 2024|  

विद्यार्थीलाई न्यानो कपडा वितरण
पश्चिम नेपाल   | २७ मंसिर २०८०, बुधबार ०६:४२

यामराज बिष्ट
दैलेख –नारायण नगरपालिका –३ स्थित पञ्चदेवल आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ ।विद्यालयमा ५ कक्षासम्म अध्ययनरत अति विपन्न परिवारका८६जना विद्यार्थीलाई उक्त सामग्री सहयोग गरिएको हो ।
प्रदान गरेको सामग्री अमेरिकामा बस्दै आएका मानेन्द्र चन ठकुरीको व्यक्तिगत सहयोगमा सामाग्री वितरण गरिएको पञ्चदेवल आधारभूत विद्यालयका प्रधानाध्यापक योगमाया मल्लले बताईन् । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा सहयोग गरेकोमा उनले धन्यवाद व्यक्त गरिन्।
समाजसेवि मानेन्द्र चनले व्यक्तिगत रुपमा गरेको सानो सहयोगले विद्यार्थीलाई केही सहजहोस भन्ने उदेश्यले गरिएको सहयोग ठुलो हुने पत्रकार बिष्णु शर्माले बताए।

हस्तान्तरण कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार थप टेवा पुग्ने नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए । पैसा अभाव भएका कारण कपडा ट्रयाक–सुट किन्न नसकेका अति बिपन्न विद्यार्थीलाई ठुलो सहयोग हुने उनको भनाई छ ।जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो कपडा सहयोगले विद्यार्थीलाई निरन्तर विद्यालय आउन सहज हुने नगरप्रमुख शर्माले जानकारी दिए ।
कार्यक्रममा नारायण नगरपालिका वडा नं–३का वडाध्यक्ष चन्द्र प्रसाद उपाध्याय विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कमानसिहं नेपाली ,पत्रकारको लगायतको उपस्थित थियो ।