दैलेख- जिल्ला खाद्य अधिकार सञ्जाल दैलेखले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन आग्रह गरेको छ।नारायण नगरपालिकामा पुगेर जिल्ला खाद्य अधिकार सञ्जालले नारायणका नगरपालिका भित्र रहेका विद्यालयमा भएका दिवा खाजा सम्बन्धी समस्याको समधान सहित प्रभावकारी बनाउन गर्न नगरपालिकालाई आग्रह गरेको हो ।
विद्यार्थीको लागी भनिएको दिवा खाजा कार्यक्रम सुरु भए पनि प्रभावकारी अनुगमन र समन्वय हुनुपर्ने फियान् नेपाल कर्णाली प्रदेशका संयाेजक प्रकाश सिहं नेगीले बताए । विद्यार्थीलाई चना, अन्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउने गरिएको दिवा खाजा कार्यक्रम प्रभावकारी भए नभएको सामुदायिक विद्यालयमा अनुगमन गर्नुपर्ने उनले बताए।
नारायण नगरापलिका भित्र रहेका विद्यालयमा मापदण्डभन्दा बाहिर गएर दिवा खाजा वितरण गर्दा प्रभावकारी भए नभएको निगरानी गर्न नारायण नगरपालिका दैलेखलाई उनले आग्रह गरे ।
यस्तै नारायण नगरपालिकाका शिक्षा शाखाका प्रमुख पुर्ण प्रसाद उपाध्यायले बिद्यार्थीले विद्यालयमा नै खाजा खाने सुविधा पाएपछि बजारमा पाइने चटपटे, चाउचाउ, कुरमुरे, बिस्कुटजस्ता जङ्कफुड खान रोकिएको रोकिएको बताए ।
जिल्ला खाद्य अधिकार सञ्जालले उठाएका माग जायज भएको हामीले अनुगमन गर्दा मापदण्ड अनुसार नारायण नगरपालिका भित्रका विद्यालयले दिवा खाजा वितरण गरेको उनले जानकारी दिए ।