☰ open Loading... 20 September 2024|  

गरिव तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा
पश्चिम नेपाल   | २७ मंसिर २०८०, बुधबार १९:००

यामराज बिष्ट
दैलेख -दैलेखको नारायण नगरपालिका – १०भवानी स्थित डाफे प्रथामिक विद्यालयमा अध्यरत गरिव तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।अमेरिका बस्दै आएकी सरिना श्रेष्ठको आर्थिक सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

गरिब जेहेनदार विद्यार्थीहरुलाई मध्यनजर गरि सबै बालबालिकालाई टोपि,सुईटर, जुत्ता बितरण गरिएको डाफे प्रथामिक विद्यालयका प्रधानाध्यापक बखत बहादुर बुढाले बताए।आर्थिक अवस्था कमजोर भएका विद्यार्थिलाई न्यायो कपडा सहयोगले गरिनुले दैनिक पठनपाठनमा सहजता हुने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नारायण नगरपालिका -१०का वडाध्यक्ष लाल बहादुर बस्नेतले न्यानो कपडा वितरणले विधार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने बताए । पछिल्लो समयमा विद्यालयका विद्यार्थीले झोला,टोपि,सुईटर, जुत्ता अभावमा कारण समस्या हुने भएकाले यो सहयोगले विद्यार्थीलाई ठुलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा नारायण नगरपालिका वडा नं–१०का वडा सदस्य दुधकला वोगटी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर सिंह लगायतको उपस्थित थियो ।