☰ open Loading... 20 September 2024|  

कर्णालीमा३० दशमलव ५ प्रतिशत कृषक कुषिमा आत्मनिर्भर
पश्चिम नेपाल   | २७ मंसिर २०८०, बुधबार १९:३१

कृष्ण शर्मा सुर्खेत – कर्णालीमा ३० दशमलव ५ प्रतिशत कृषक परिवार मात्र आफ्नो उत्पादनमा आत्मनिर्भर रहेको पाईएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयलले सुर्खेतमा सार्वजनिक गरेको सातौ राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क अनुसार कर्णालीका ३० दशमलव ५ प्रतिशत कृषक परिवार मात्रै आत्मनिभर रहेको पाइएको हो ।
तथ्याङ्क सार्ववनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमख बद्रि कुमार कार्कीले कर्णालीमा आत्मनिर्भर कृषकहरुको संख्या अन्य प्रदेशको तुलनममा निकै कमजोर रहेको बताए।उनका अनुसार कर्णाली प्रदेशमा तिन लाख दुई हजार ६ सय कृषक परिवारले एक लाख १७ हजार ४ सय ११ हेक्टर क्षेत्रफल जमिनमा कृर्षि खेति गर्ने गरेका छन ।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रि भिम प्रकाश शर्माले सार्वजनिक तथ्याङ्क सत्यको नजिक रहेको बताउदै कर्णाली प्रदेशको आगामि पञ्चवर्षिय योजना निमार्णका लागि थप आधार दिने विश्वास ब्यक्त गरे ।

गणना बाट प्राप्त नतिजाअनुसार कर्णालीमा ४ दशमलव ४ प्रतिशत कृषक परिवारले मात्र सरकारी अनुदान प्राप्त गरेका छन ।

यस्तै पुराना प्रविधि हराउँदै जादाँ फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा बृद्धि भएको छ। ८ दशमलव १ प्रतिशत फलामे हलो, ५ दशमलव १ प्रतिशत ट्याक्टर र ४ दशमलव ५प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए। तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाएको देखिएको छ।