☰ open Loading... 20 September 2024|  

वडा कार्यालय भवन उद्घाटन
पश्चिम नेपाल   | १ पुष २०८०, आईतवार ०७:१७

संगिता शाही दैलेख- नारायण नगरपालिका वडा नम्बर -६ को वडा कार्यालय भवन शनिबार उद्घाटन गरिएको छ।नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा र उप–प्रमुख तप्ता थापाले भवनको उद्घाटन गरेका हुन्।

आगामी दिनहरुमा नगर विकासको निम्ति सबै जना निरन्तर लागिपर्ने नारायण नगरपालिका दैलेखका लोमन शर्माले बताए । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा उनले विश्वास व्यक्त गरे ।

वडा नम्बर -६ का वडा अध्यक्ष जनक न्यौपानेले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए।कार्यक्रममा वडा कार्यालयलाई जग्गा प्रदान गर्ने जगत प्रसाद रेग्मी लगायत वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने जनप्रतिनिधि, कर्मचारीलाई सम्मान गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । 

कार्यक्रममा नारायण नगरपालिका निर्वतमान मेयर रत्न बहादुर खड्का, निर्वतमान उप प्रमुख शावित्री मल्ल,निर्वतमान वडा अध्यक्ष प्रकास न्यौपाने ,नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय बमबहादुर केसी लगायतको सहभागिता थियो ।