☰ open Loading... 20 September 2024|  

कक्षाकोठाको सिकाइ सुधारमा जोड
पश्चिम नेपाल   | १ पुष २०८०, आईतवार ०८:१०

विद्यालय शिक्षाको कक्षाकोठाको सिकाइ स्तर सुधार्न विद्यालय शिक्षकहरू एकमत भएका छन्। निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा निजी र सार्वजनिक दुवै खाले स्कुलका शिक्षकहरूले कक्षाकोठा बालबालिकाको सिकाइ स्तरलाई थप स्तरीय बनाउन लागि पर्ने बताएक हुन्। कक्षाकोठाको सिकाइ स्तर सुधार्ने उपाय खोजी गर्ने लक्ष्यसहित उनीहरू भेला भएका थिए ।

‘देशलाई नै शैक्षिक हब बनाउनेतर्फ लाग्नुपर्छ’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरण र काठमाडौं विश्वविद्यालय एवं ब्रिटिस काउन्सिलको प्राविधिक सहयोग र समन्वयमा नेतृत्व विकास एवं शैक्षिक सुधार अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा देशभरिका करिब ४०० शिक्षकको सहभागिता रहेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए।

उनका अनुसार ३५ सार्वजनिक विद्यालयका शिक्षकको सहभागिता रहेको उक्त सम्मेलन निजी तथा सरकारी अर्थात् समग्र विद्यालय शिक्षाको सिकाइमा सुधारको उपायको खोजी गर्नेतर्फ केन्द्रित रहनेछ।

सम्मेलनका संयोजक तथा युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले कक्षाकोठाको सिकाइलाई सबल बनाउन विद्यालय पुनःसंरचना होइन, पूर्ण परिवर्तनको खाँचो रहेको बताए।

‘स्कुलमा नेतृत्व विकासमा काम गर्दा धेरै चुनौती थपिन्छ। तर स्कुलका शिक्षकको नेतृत्व अब्बल छ भने बालाबलिकाको अन्तरनिहित क्षमता पहिचान गरी सिकाइ स्तरमा सुधार हुन्छ,’ उनले भने।

निजीलाई सार्वजनिक गुठीमा लैजाने प्रावधान कताबाट घुस्यो पत्तै भएन: कानुनमन्त्री

कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कानुन मन्त्रालयले निजी विद्यालयलाई पाँच वर्षभित्र सार्वजनिक शैक्षिक गुठीमा लैजाने प्रावधान हटाएर विद्यालय शिक्षा विधेयकबाट हटाउने स्वीकृति दिएर विधेयक अघि बढाएको भए पनि पछि अन्यत्रबाट उक्त व्यवस्था घुसाएको खुलासा गरेका छन्।

मन्त्री गुरुङले निजी तथा आवासिय विद्यालया अर्गनाइजेसन (प्याब्सन) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको दुई दिने दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनाम सम्बोधन गर्दै उनले विधेक संसदमा पेस गर्नु अघि कानुन मन्त्रालयले विधेयकबाट निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजाने प्रावधान हटाउनुपर्ने सहमति दिएपछि मात्र अर्को बाटोबाट कम्पनीमा दर्ता भएका निजी विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठीमा जानुपर्ने व्यवस्था राखिएको खुलाए।