☰ open Loading... 19 September 2024|  

वर्षेनी कर्णालीका नागरिकहरु अकालमा ज्यान गुमाउँदै
पश्चिम नेपाल   | १ पुष २०८०, आईतवार १८:०४

कर्णाली प्रदेशमा तिन वर्षयता भिरबाट लडेर १ सय ७३ जनाले ज्यान गुमाएका छन् । घाँस काट्न जाँदा, गोठाला जाँदा, गन्तब्यतिर जाँदा लगायतका कारणले भिरबाट लडेर ज्यान गुमाउनेको संख्या कर्णालीमा वर्षेनी बढ्ने गरेको हो ।

खर काट्ने समयमा बढी भिरबाट लड्ने घटनाहरु हुने गरेको प्रहरी रेकर्डमा उल्लेख छ । अकालमा ज्यान गुमाउनेहरुमा भिरबाट लड्ने संख्या कर्णालीमा अधिक रहेको पाईएको छ । भिरबाट लडेर मृत्यु हुने संख्या घटाउन प्रदेशभरका प्रहरी यूनिटहरुले सचेतना कार्यक्रम समेत गर्ने गरेका छन् । भौगोलिक रुपमा कर्णाली बढी जटिलता भएकाले पनि भिरबाट लड्ने संख्या वर्षेनी बढ्ने गरेको पाईएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा ३९ जना, आर्थिक वर्ष २०७८÷२०७९ मा ४२ जना, आर्थिक वर्ष २०७९÷२०८० मा सवैभन्दा बढी ७२ जना र यो आर्थिक वर्षयता २० जनाले भिरबाट लडेर कर्णालीमा ज्यान गुमाएका हुन् । ३ वर्षयता भिरबाट लड्नेसहित कर्णालीमा अन्य कारणले मृत्यु हुनेहरुमा १ हजार ४ जना रहेका छन् ।
अकालमा ज्यान गुमाउने नागरिकहरुले ज्यान गुमाएका छन् । उनीहरुले विपद्, भिरबाट लडेर, पानीमा डुवेर, चिप्लिएर, रुखबाट बसेर, आगजनी नदिले बगाएर लगायतका कारणले कर्णालीमा वर्षेनी सयौं नागरिकहरुले ज्यान गुमाउने गरेका छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा अकालमा २ सय ७५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷२०७९ मा २ सय २ जना र यो आर्थिक वर्षयता भुकप्पबाट सहित अन्य कारणले २ सय ४१ जनाले ज्यान गुमाए । त्यस्तै आर्थिक वर्ष २०७९÷२०८० मा २ सय ८६ जनाले अकालमा ज्यान गुमाएको रेकर्ड कर्णाली प्रदेश प्रहरी कार्यालयसंग रहेको छ ।

कर्णाली प्रदेशको तथ्याक हेर्दा यहाँका नागरिकहरुले बाढी पहिरो, भिरबाट लडेर, खोलाले बगाएर, रुखबाट खसेर, चिप्लिएर लगायतका ३२ वटा कारणबाट अकालमा ज्यान गुमाएको देखिन्छ । कर्णालीमा तिन वर्षयता अकाललमा १ हजार ४ जनाले ज्यान गुमाएका छन् । जसमा पुरुष ५ सय २८ जना, महिला २ सय जना, बालक १ सय ५६ जना र बालिका १ सय ३१ जना रहेका छन् ।

कर्णालीमा अकालमै ज्यान गुमाउनेको संख्या बर्षेनी बढ्दै गईरहेको बेला स्थानीय तहदेखि प्रदेश सरकारले त्यसलाई न्युनिकरण विभिन्न कार्यक्रमहरु गर्न सकिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम प्रसाद ढकालले बताए ।