☰ open Loading... 16 September 2024|  

फिलिपिन्समा झडप : ७ जनाको मृत्यु, ३ घाइते
पश्चिम नेपाल   | २ पुष २०८०, सोमबार ०६:३२

फिलिपिन्सकाे मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन्।

सरकारी सेना र १४ जना न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीबिच चार घण्टासम्म चलेको गोलीबारी स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजे बालयान शहरमा भएको फिलिपिन्स सेनाको दोस्रो इन्फन्ट्री डिभिजनका प्रवक्ता हेक्टर इस्टोलासले बताए ।

एस्टोलासका अनुसार एनपीएले केही योजना बनाउनका लागि यस क्षेत्रमा अस्थायी शिवि खडा गर्दै गरेको सूचना पाएपछि सरकारी सेनाहरूले आक्रमण सुरु गरेका थिए ।

झडपमा एक जना सैनिकसहित सात जनाको मृत्यु भएको थियो । अन्य तीन सैनिक घाइते भएका छन् । भाग्ने एनपीए विद्रोहीहरूविरुद्ध खोजी कार्य जारी रहेको एस्टोलासले बताए । एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् ।