☰ open Loading... 16 November 2024|  

पञ्चदेवल वचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न
यामराज बिष्ट   | २ पुष २०८०, सोमबार १६:२८

 

दैलेख –पञ्चदेवल वचत तथा ऋण सहकारी संस्थाको १४औं बार्सिक सभा सम्पन्न भएको छ।संस्थाले १४औ साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

संस्थाको आर्थिक वर्ष ०७९/८०मा सेयर पुँजीतर्फ२० लाख ३०हजार ४सय६४रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ।संस्थाले बचततर्फ १ करोड २२ लाख ९सय ३०संकलन गरेको बताउँदैे वार्षिक कारोबार ४ करोड ३५लाख ६हजार ७सय५पु¥याउन सफल भएको संस्थाका अध्यक्ष मिना बिसुन्केले बताइन्। संस्थाको सेवालाई प्रविधिमैत्री ,सरल ,सहज बनाउनेतर्फ लागि परेको भन्दै उनले समयसापेक्ष सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिदै जाने उनले जानकारी दिइन्।

 संस्थालाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने जिल्ला सहकारी संघ दैलेख अध्यक्ष भुपेन्द्र कुमार थापाले बताए ।पछिल्लो समयमा सहकारी संस्थाले ठगी रहेको गुनासो धेरै आएको छ।यसमा सबै ईमानदारी भएर काम गर्नुपर्ने उनले जानकारी दिए।

यस्तै नारायण नगरपालिका वडा नं १वडाध्यक्ष शैलेश श्रेष्ठले सहकारी संस्था भएका कमिकमजोरी सुधार गर्नुपर्ने बताए ।उनले सहकारी संस्थाले सबै संग समन्वय गर्नुपर्ने बताए ।

नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले संस्थालाई अगाडि बढाउन सेयर सदस्य बढाउनुपर्ने उनले बताईन्।संस्थालाई अगाडि बढाउन सेयर सदस्यको पनि महत्त्वपूर्ण भूमिका हुने उनले जानकारी दिइन्।अझै पनि सहकारी संस्थालाई व्यवस्थीत गरेर अगाडी बढाउनु पर्ने बताईन्। सहकारीले समाजको उत्थान र विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै छरिएर रहेका सानासाना पुँजीलाई जम्मा गरेर ठुलो पुँजी बनाउन सहकारीको भूमिका निकै अहम् रहने उनले जिकिर गरिन् ।