एमालेले यात्रा अभियानका क्रममा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा मुआब्जा र क्षतिपूर्तिका समस्या र झमेलाहरू पनि देखिएको भन्दै यसलाई कम्तीमा चार–पाँच सय किमि छोट्याएर पूर्व–पश्चिम जोड्ने द्रुतमार्गका रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ । महासचिव शंकर
पोखरेलले भने ‘हामीले मध्यपहाडी लोकमार्गको अवस्थाका बारेमा प्रत्यक्ष रूपमा बुझ्ने, त्यहाँका जनताहरूको मूल्यांकन गर्ने प्रत्यक्ष अवसर प्राप्त गर्यौँ र धेरै ठाउँमा लोकमार्ग निर्माणका क्रममा अवरोध सिर्जना भएको पनि हामीले महसुस गर्यौँ ।
कतिपय ठाउँमा एक प्रकारले मुआब्जा र क्षतिपूर्तिका विषयहरूको विवादले गर्दा काम अगाडि बढ्न नसकेको पनि हामीले पायौँ,’ महासचिव शंकर
पोखरेलले भने, ‘हाम्रो एउटा मुख्य उद्देश्य– मध्यपहाडी लोकमार्ग सडकको अडिट गर्ने कुरा पनि थियो । त्यसको सम्भावनाबारे पनि अध्ययन गरेका छौँ । त्यसलाई चार–पाँच सय किमि कम गरेर भविष्यमा द्रुतमार्गका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने महत्वपूर्ण आधार यात्राले प्रदान गरेको छ ।’ मध्यपहाडी लोकमार्गको कुल लम्बाइ १८ सय ७९ किमि छ ।