दैलेखको नारायण नगरपालिका -११ र भगवतीमाइ गाउँपालिकाको सिमानामा पर्ने बिक्रमचौर मेला सकिएको छ । हरेक वर्षको कृष्ण पञ्चमीमा मेला लाग्ने गर्दछ। यो वर्ष पनि धुमधामका साथ मेला भर्न टाढा टाढाबाट सहभागी भएका थिए ।
मेला ७० वर्ष अघिदेखि टाढा टाढा भएका आफन्त भेट्ने थलोको रुपमा रहेको स्थानीय लाल बहादुर बस्नेतले बताए ।
भगवतीमाइ गाउपालिका – १ का वडा सदस्य बखत बहादुर बस्नेतले आफू स्थानीय सरकारमा रहदासम्म यो ठाँउमा राम र सिताको मुर्ति निर्माण गरि यो ठाँउलाई अलि ब्यवस्थापनमा गर्ने जानकारी दिए ।
विगतमा जात्रामा बुढापाखाहरुले रातभरी दोहोरी गीतहरु गाउने रात बिताउने गर्थे धेरै रमाइलो हुने भए पनि पछिल्ला वर्षहरूमा लोभ हुँदै गएको स्थानिय बसन्ती शाहीले बताइन । परम्परालाइ बचाइ राख्न र धेरैसम्म भेटघाट नभएको आफन्तहरु संग यसै मेलाबाट भेटघाट तथा दुख सुख आदानप्रदान गर्ने गरेको स्थानीय चन्द्रा रेग्मीको भनाई छ ।
जात्रामा मैलिक भेषभुषासगै रितिरिवाज चालचलन अनुसारको विभिन्न माध्यमबाट लहरी पैचेरी, देउडा, रतेउली दोहोरी भाकाहरु गाउने र नाच्ने गरिँदै आएको छ ।
आईतबार राती देखि सोमबार साँझसम्म मेला लागेको थियो । मेलामा करिब ५ हजार जनाभन्दा बढी सहभागी भएका थिए । मेला हेर्न जिल्ला दैलेख सुर्खेत जाजरकोट कालिकोटबाट आउने आफन्तसंग भेटघाट गर्नेहरुको जमघट पनि उतिकै थियो । मेलामा आफ्नो गाउँमा उत्पादन भएको वस्तुहरू साटफेर र किनबेच समेत गरिएको थियो ।