☰ open Loading... 17 March 2025|  

देशभरको मौसम सफा, चिसो भने बढ्यो
पश्चिम नेपाल   | ४ पुष २०८०, बुधबार ०९:४४

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।