☰ open Loading... 20 September 2024|  

२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने
पश्चिम नेपाल   | ५ पुष २०८०, बिहीबार २०:३७

सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो ।

गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो ।