☰ open Loading... 19 September 2024|  

कर्णाली प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशनमा बुढामगर
पश्चिम नेपाल   | ५ पुष २०८०, बिहीबार २०:५४

दोहा– रोजगारीको सिलसिलामा कतारमा रहेका कर्णालीबासीहरुको छाता संगठन कर्णाली प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कतारको सनैयास्थित फुलबारी रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले डम्बरबहादुर बुढामगरको अध्यक्षतामा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

परिषद्को वरिष्ठ उपाध्यक्ष भद्रबहादुर पुन, प्रथम उपाध्यक्ष नौलासिंह घर्ती, द्धितीय उपाध्यक्ष दिनेश तिरुवा, तृतीय उपाध्यक्ष नवराज टमटा, युवा उपाध्यक्ष प्रमोद बस्याल रहेका छन् । महासचिवमा गुलाब लम्साल, सह–सचिव किरण शाही, कोषाध्यक्ष गोपाल बस्नेत, सह– कोषाध्यक्ष कृष्ण बस्याल, महिला संयोजक मनिषा मल्ल रहेका छन् । त्यस्तै, कार्य समिति सदस्यहरुमा प्रकाश हमाल, नरेन्द्र बस्याल, शेरबहादुर खत्री, हिराजन टमटा, भविन्द्र विश्वकर्मा, सपना धामी, प्रकाश घर्ती, सन्देश सोनी, शुदीक्षा शाही बस्नेत, मिलन बस्याल र सुरेश महर रहेका छन् ।

परिषद्को उद्घाटन अध्यक्ष विजयकुमार बस्यालको अध्यक्षता, नेपाली राजदुतावास कतारका राजदूत डा. नरेशविक्रम ढकालको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनमा
एनसिसी कतारका द्धितीय उपाध्यक्ष केशव कार्की, संरक्षक नवराज शाही सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य कमल विकले गरेका थिए । राजदूत ढकालले पर्यटनको विकासमार्फत कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिने धारणा राखे । ‘अहिलेसम्म कर्णाली प्रदेशबाट राजदुतको प्रतिनिधित्व गरेको छैन, पहिलो पटक विकट कर्णाली प्रदेशको छोरो नेपाली दुतावास कतारको राजदुत हुने अवसर पाएको छ,’ उनले भने, ‘यो प्रदेशको लागि गर्व गर्न लायक हो, कर्णाली प्रदेशको इतिहासमा आफ्नो नाम प्रथम राजदुत भनेर लेखिनेछ ।’

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई पहिलो पटक नेपालको औपचारिक भ्रमण गराउने तयारी गरिरहेको बताउदै राजदुत ढकालले खाडी मुलुकबाट पहिलोपटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुने हुँदा नेपाल र नेपालीको गरिमामय बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकारहरु रेश्मी सेन्चुरी, सुरेश विसी, लोकेन्द्र दूतराज, शरद सुनार, सुमित्रा भट्टराई, ऋतुकाली थापा, सिर्जना सुनार, मनिषा मल्ल, प्रकाश घर्ती, दीपा मगर, विनिता विक, गंगा विकले आआफ्नो प्रस्तुति दिएका थिए । अधिवेशनमा राजदुत ढकाल लगायतलाई सम्मान गरिएको थियो ।