☰ open Loading... 19 September 2024|  

एम्बुलेन्स सन्चालन
पश्चिम नेपाल   | ६ पुष २०८०, शुक्रबार ०६:४३

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । एम्बुलेन्स सेवा सन्चालनमा नगर प्रमुख बिस्नुकुमार भाम स्वयंम आफै सक्रिय रहेका छन् ।

छायाानाथ रााराा नगरपालिका लाई समृद्ध बनाउने भन्दै जनताको सेवा विकास निर्माणसँगै विभिन्न अभियान र कार्य संचालन गर्दै आएका नगर प्रमुख भामले बिहीबार बिहानबाट एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।

चालक अनुमति पत्र प्राप्त गरेका मेयर भामले नगरपालिका भित्रका बिरामीहरुको सेवाका लागि बिहीबार छायाँनाथ रारा नगरपालिकाका वडा नं ६ बालै गाउँका ७० बर्षका बृद्ध बिरामी लोकबहादुर भाम र ६८ बर्षकी बिरामी हिउँकला भामको परिवारलाई उपचारका लागि एम्बेलन्स सेवामार्फत जिल्ला अस्पताल पु-याएर सेवा सुरु गरेको छन् ।

एम्बुलेन्स सेवा कार्यालयको कामसँगै आबश्यकतका अनुसार बिहान र बेलुकाको समय, बिदाको समयमा सेवा उपलब्ध गराउने जनाइएको छ ।

छायाँनाथ रारा नगरपालिका भित्रका १ देखि १४ वडा सम्म ८७ बस्ती मध्य सडकको पहुँच पुगेका बस्तीहरुमा एम्बुलेन्स सेवा मार्फत बिरामीको सेवा गर्ने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भामले जानकारी दिए । उनले समृद्ध छायाँनाथ रारा नगरपालिका बनाउन सरसफाई अभियान, श्रमदान अभियान, लगायतका बिभिन्न अभियान संचालन गदै आएको र यो एम्बुलेन्स सेवाले बिरामी आफ्ना जनतालाई सहज हुनेमा आफू बिश्वस्त रहेको बताए ।

छायाँनाथ रारा नगरपालिकाको एक एम्बुलेन्स र चालक पनि छन् । हाल एम्बुलेन्स चालक यति बेला घर बिदामा भएकाले स्वयं मेयर भाम नै बिरामिको दैलोमा पुगेर बिरामी ल्याउने र अस्पताल पुर्याउन गर्छन् । साथै सवारी साधन चलाउन आउने भएकाले र आधिकारी चालक अनुमति पत्र पनी प्राप्त भईसकेकाले नगरपालिका भित्र एम्बुलेन्स सेवा सुरु गरेको नगर प्रमुख भामले जनाए ।

खाली समयमा बिरामीलाई उपचारको लागि अस्पतालसम्म लैजान सहयोग गर्ने र अब एम्बुलेन्स चालक बिदामा बस्दा होस् वा आफ्नो खाली समयमा बिहान बेलुका राति जति खेर पनि बिरामीलाई एम्बुलेन्स सेवा दिइने आफू नै सकृय हुने मेयर भामले राजधानीलाई बताए ।