☰ open Loading... 17 May 2024|  

स्वास्थ्यकर्मीहरुलाई दुल्लुमा प्रशिक्षण सुरु
पश्चिम नेपाल   | ११ पुष २०८०, बुधबार ०७:०५

 

दैलेख -सामाजिक व्यवहार परिवर्तनका लागि दुल्लु नगरपालिका दैलेखमा स्वाथ्यकर्मीहरुलाई ३ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । दुल्लु नगरपालिकाको सहकार्यमा युनिसेफ नेपालको सहयोगद्धारा बास नेपालको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । खोप, सुरक्षित मातृत्व, जन्मदर्ता समग्र स्वास्थ्य सेवामा बृद्धि तथा बालविवाह न्यूनीकरण गरी बाल संरक्षण गर्ने उद्धेश्यका साथ तालिमको संचालिन गरिएको छ ।

तालिमका पहिलो दिन उद्घाटन सत्रमा बोल्दै दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले दुल्लुमा विभिन्न संयुक्त राष्ट्रिसंघिय संस्था तथा गैर सरकारी संस्थाहरुले नगरपालिकाको सहकार्यमा कार्य सञ्चालन गरिरहेको र यो दर वृद्धि हुँदै गएकोमा खुसि व्यक्त गर्दै स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने तालिमले उनीहरुको क्षमता वृद्धि हुनुको साथै तालिम पश्चात नीज व्यक्तहरुबाट सेवालिने आम मानिसहरुको व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

नगर उपप्रमुख बिना कार्कीले विगतका दिनहरुमा आफुले स्वास्थ्य सेवा लिँदा र समाजका कुनै व्यक्तिलाई स्वस्थ्यको लागि पहल गर्दै केही तिता अनुभवहरु बटुलेको संकेत गर्दै यस्ता प्रकारका असुहाँदा व्यवहार नगर्न र असल व्यवहार अपनाउन यो तालिम फलदाई हुने बताइन् ।

युनिसेफ नेपालका तालिम प्रकाश आचार्यले तालिमको उद्धेश्य माथि जानकारी गराउँदै विगतका वर्षहरुमा भन्दा समाज विस्तारै रुपान्तरित हुँदै गएको र स्वास्थ्यकर्मीहरुले
आम मानिसको जीवनमा सहजरुपमै सकारात्मक परिवर्तन ल्याउन सक्ने भएको तथा स्वास्थ्यकर्मीहरुमा भएको प्राविधि ज्ञानको उच्चतम् प्रयोगका लागि केहि सैद्धान्तिक क्षमता र सीप विकासको लागि तालिमको आयोजना गरिएको बताए ।
२४ जनको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको सहजिकरण बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए भने स्वागत बास नेपालका दैलेख शाखा अध्यक्ष हिक्मत बुढाले गरेका थिए ।

पौष १२ गते सम्म संचालन हुने तालिमको पहिलो दिनमा सामाजिक व्यवहार परिवर्तनको अवधारणा, सहभागिहरुको व्यवहार परिवर्तनको अनुभव, व्यवहार परिवर्तनका सिद्धान्तहरुको बारेमा प्रशिक्षक प्रकाश आचार्यले प्रशिक्षण प्रदान गरेका थिए ।