☰ open Loading... 24 December 2024|  

३० हजार कर्मचारीको दरबन्दी खुलाइँदै
पश्चिम नेपाल   | १३ पुष २०८०, शुक्रबार १०:०१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारको लागि कानूनी जटिलतादेखि कर्मचारीको अभाव भएको ब्रिफिङ गरेका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो एक वर्षे रिपोर्ट कार्ड बुझाउँदै उनले कर्मचारी व्यवस्थापनको प्रयास भइरहेको बताएका हुन् । उनले भने, ‘अहिले ९२ हजार कर्मचारीको दरबन्दी आवश्यक छ । त्यसमा अहिले ३० हजार दरबन्दी खुलाउन प्रयास हुँदैछ ।’

उनले ८०० काज फिर्ता गराएर दुर्गम भेगमा खटाउने तयारी भएको समेत बताए । यस्तै, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाएर लागू गराउने विषयमा काम गरिरहेको मन्त्री बस्नेतले बताए ।

बैठकमा आज काँग्रेसबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका नौ मध्ये मन्त्री बस्नेतले मात्रै आफ्नो प्रगति विवरण बैठकलाई राखेका हुन्। अन्य आठ मन्त्रीले भोलिको बैठकमा राख्दैछन्।