☰ open Loading... 4 June 2025|  

सुर्खेतमा ७४ बढी सरकारी सवारी साधन प्रहरी नियन्त्रणमा
पश्चिम नेपाल   | १६ पुष २०८०, सोमबार ११:५५

सुर्खेतमा आन्दोलनको अवेज्ञा गर्दै सवारी चलाउँदा ७४ सवारी साधन नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ।

काठमाडौंको बालकुमारीमा भएको घटनाको विरोध गर्दै सुर्खेतमा जारी ‘युवा विद्रोह’ जनसंघर्ष समितिले सोमबार चलेका सरकारी सवारीलाई नियन्त्रणमा लिदै प्रहरीको जिम्मा लगाएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका एरीचोक, इत्राम, मंगलगढीचोक लगायत स्थानमा पीडित पक्षले आन्दोलन जारी राखेका छन्।

विद्रोह समूहले सरकारी सवारी साधनहरु ७० वटा मोटरसाइकल र सात वटा चारपांग्रे गाडीलाई नियन्त्रणमा लिएर कर्णादी प्रदेश ट्राफिक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरु प्रदेश र जिल्ला टा्रफिक कार्यालयमा राखिएका छन्।