☰ open Loading... 18 October 2024|  

सुजनको अन्त्येष्टिमा शोकमा डुब्यो दैलेख
पश्चिम नेपाल   | १८ पुष २०८०, बुधबार ०६:३९

 

 



दैलेख। ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन राउतको अन्त्येष्टि गरिएको छ। काठमाडौंदेखि शव नेपाली सेनाको स्काई ट्रकमार्फत सुर्खेत विमानस्थलमा पुर्याइएको थियो। त्यसपछि हेलिकप्टमा राखेर गृह जिल्ला ल्याइएको हो।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते बनेका सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको हेलिकप्टमा राखेर गृहजिल्ला दैलेख पुर्याइएको हो। सोमबार गृहमन्त्रालयमा पीडित र सरकारबिच चार बुँदे सहमति भएपछि परिवारले शव बुझ्ने सहमति दिएका थिए।

सुजनको मंगलबार पञ्चकोशी क्षेत्रको शिरस्थान आर्यघाटमा दाहसंस्कार गरिएको हो। हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको उनको शव यात्रामा परिवारका सदस्यसँगै साथीभाइ र दैलेखका सयौं शुभेच्छुकको सहभागिता थियो। शव यात्रामा परिवारका सदस्य,साथीभाइ संगै हज्जारौको शुभेच्छुकको सहभागिता रहेको थियो।

शव घरमा ल्याउदा आमा नन्दा मुर्छित पर्नुभएको थियो। नारायण नगरपालिका ६ काडाचौर बस्दै आएको घरमा शव पुग्दा आफन्त छरछिमेकीको रुवाबासी चलेको थियो।