☰ open Loading... 19 October 2024|  

सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने
यामराज बिष्ट   | १७ पुष २०८०, मंगलवार २०:०३

दैलेख । कर्णाली प्रदेश सरकारले बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाख दिने भएको छ।कर्णाली प्रदेश सरकारले रावतका परिवारलाई २ लाख रुपैयाँ दिने घोषणा भएको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
रावतको शव नेपाली सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थलमा पु–याएको थियो । त्यसपछि हेलिकप्टमा राखेर गृह जिल्ला दैलेख पु–याएको हो । मंगलबार नै रावतको अन्त्येष्टि दैलेखमा गरिएको छ ।