☰ open Loading... 18 October 2024|  

दैलेखका हरेक गतिबिधि लाई बिकाससंग जोड्नुपर्ने –कंडेल
यामराज बिष्ट   | १८ पुष २०८०, बुधबार ०६:४५

दैलेख– नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले दैलेख जिल्लालाई समृद्ध बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए। दैलेखको भैरवी गाँउपालिका– १ जलजले स्थीत सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत अन्तिम ड्रिलिङको स्थलगत अवलोकनका क्रममा कडेलले यस्तो कुरा बताएका हुन्।

कर्णालीको बिकाश समृद्धिका लागीे दैलेखका सबै राजनितिक दलको सहयोग अपरिहार्य रहेको उनले बताए । उनले दैलेखका हरेक गतिबिधि लाई बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै पेट्रोलियम पदार्थ अन्वेषणल कार्यलाई स्थानिय सरकार र प्रदेश सरकार सघं सरकारले कामलाई निरन्तर अगाडी बढाउनुपर्नेे जानकारी दिए।

भैरवी गाउँपालिका –१ स्थित जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको पेट्रोलियम अन्वेषण स्थलगत अवलोकनका क्रममा उनले सडक पूर्वाधार तयार भई उपकरण जडान गरि काम गर्न सके कर्णाली प्रदेशलाई समृद्र बनाउन सकिने उनले बताए ।उनले भने चिन सरकारको सहयोगमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सुरु गरिएको पेट्रोलियम अन्वेषण योजनालाई सरकारले निरन्तर दिन सके नेपालको बिकास र समृद्धिका सहयोग पुग्ने उनले जानकारी दिए ।

दैलेख जिल्लाको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने समेत उनले राजधानीलाई बताए।स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन् काम उनले गर्नुपर्ने बताए ।उनले मुलुकको समृद्धिका लागि पेट्रोलियम पदार्थ अन्वेषणको विकल्प नभएको भन्दै उत्खनन् कार्यमा तीव्रता दिन सरकारलाई उनले आग्रह गरे ।