☰ open Loading... 18 October 2024|  

जाजरकोट भूकम्प प्रभावितका लागि सञ्चालित सहायता कोषमा २८ करोड संकलन
पश्चिम नेपाल   | १९ पुष २०८०, बिहीबार ०७:००

जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कुल २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ रुपैयाँ जम्मा भएको छ । उनले कुल एक सय १७ भन्दाबढी संघसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।