☰ open Loading... 18 October 2024|  

१० औं राष्ट्रिय खेलकुद सफल बनाउन लागौं : मन्त्री पोखरेल
पश्चिम नेपाल   | १८ पुष २०८०, बुधबार १०:२५

कर्णालीका सामाजिक विकास मन्त्री खडक बहादुर पोखरेलले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्ने पत्रकार महासंघ कर्णाली प्रदेशले गरेको एक कार्यक्रममा बताए ।

अवसरसगै चुनौतीका कुराहरु रहेको उनले बताए । `कर्नालीमा खेल मैदान तयार गर्नुपर्ने कामहरू रहेको छ । मन्त्री पोखरेलले भने, १० जिल्लामा कुन खेल कहाँ गर्ने कहाँ राम्रो हुन्छ तयारी भइरहेको छ ।` १० औं खेलकुदका लागि आर्थिक अभाव अझै भएकाले जुटाउन लागिरहेको पोखरेलले बताए ।

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सुर्खेतका पत्रकारलाई खेलकुद पत्रकारिता सम्बन्धी २ दिने तालिम राखेको छ ।