☰ open Loading... 18 October 2024|  

इजरायली आक्रमणमा हमासका उप प्रमुख सालेह मारिए
पश्चिम नेपाल   | १८ पुष २०८०, बुधबार ११:११

इजरायली आक्रमणमा परी हमासका उप प्रमुख सालेह अल–अरुरी मारिएका छन्। बीबीसीका अनुसार लेबनानको राजधानी बेरूतमा भएको आक्रमणमा परी हमास उप प्रमुख सालेहको मृत्यु भएको हो।

इजरायलका एकजना प्रवक्ताले हमास नेतृत्वविरुद्ध गरिएको आक्रमणमा सालेह मारिएको दावी गरेका छन्।

हमासले इजरायलको आक्रमणको आलोचना गरेको छ।

यसैबीच लेबनानका प्रधानमन्त्री नजिम मिकातीले इजरायलको निन्दा गर्दै भनेका छन्, ‘इजरायल लेबनानलाई पनि युद्धमा तानिरहेको छ।’

लेबनानी सञ्चार माध्यमहरूले पनि सालेहको मृत्यु भएको पुष्टि गरेको छ।

सालेह बाहेक अन्य ६ जना पनि उक्त ड्रोन आक्रमणमा मारिएका छन्।