☰ open Loading... 16 September 2024|  

४ जना मृतावस्थामा फेला
पश्चिम नेपाल   | १९ पुष २०८०, बिहीबार १६:५३

देशका छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको लमही नगरपालिका-३ नारायणपुरस्थित चेनुवाचपरा बस्ने ६५ वर्षीय सुखीराम चौधरी सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङको रंगेली नगरपालिका-५ आँपगाछी बस्ने ६२ वर्षीया पारो देवी मण्डल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् भने काठमाडौं महानगरपालिका-८ पशुपती देवालय पाटीको पेटीमा करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुरको नख्खु चोभार भन्ज्याङमा करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।