☰ open Loading... 19 September 2024|  

ग्रामीण सडक कालोपत्रे हुँदा स्थानीय हर्षित
पश्चिम नेपाल   | १९ पुष २०८०, बिहीबार १८:२४

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका केन्द्र र आसपासमा पहिलो पटक सडक कालोपत्रे हुँदा यहाँका स्थानीयवासीहरु हर्षित भएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ११ करोड ६० लाख रकमको लागतमा हाम्रो बसना निर्माण जेभी सुर्खेतले गत वैशाख महिनादेखि निर्माण थालेको हो ।

१८ महिनामा निर्माण सकिनुपर्ने निर्माण कम्पनी र कार्यालयको सम्झौता रहे पनि बसना निर्माण जेभीले ८ महिनामै ३९ सटरवाला मिनी मार्केट पक्की भवन र ६ सय ६ मिटर सडक कालोपत्रे गरेको हो । ११ करोड ६० लाख रकमै मिनी मार्केट, ६ सय ६ मिटक सडक कालोपत्रे, फापर माण्डु कालाशिल्ला मन्दिरसंगै शौचालय समेत निर्माण गरेको कम्पनीका संचालक मानव बमले बताए ।

पहिलो पटक ग्रामिण सडक कालेपत्रे हुनु गौरवको विषय हो । हामिले प्राविधिक जाँच पासकै आधारमा सडक कालोपत्रे र भवन निर्माण गरेका छौँ । पछिल्लो समय यहाँ मात्र हैन देशका विभिन्न क्षेत्रमा निर्माणमा ढिलासुस्ती भइरहेको जन गुनासो आएको बेला हामिले १८ महिनाको समय हो । ८ महिनामै निर्माण सम्पन्न गरेको छौँ संचालक बमले भने । नगरपालिकालाई हस्तान्तरण गर्नको लागी अनुगमन गरिएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, जुम्ला आयोजना, राजनितिक दलहरुको संयुक्त अनुगमन गरिएको बमले बताए । एक वर्षसम्म कालोपत्रे उप्केको खड्डमा निर्माण कम्पनी र आयोजनाले मर्मत गर्ने प्रतिबद्धता समेत गरिएको जनाइएको छ ।

पहिलो पटक ग्रामिण सडक कालोपत्रे हुदा यहाँका स्थानीयवासीहरु हर्षित भएका हुन् । कर्णाली राजमार्ग मा मात्र सडक कालेपत्रे देखेका यहाँका नागरिकहरु गाउँमै सडक कालोपत्रे हुदा विकासको प्रत्यक्ष महसुश भएको स्थानीय जहले दर्जिले बताए । हाम्रो बुवा बाजेको पालामा बर्दियाको राजापुर देखी पिठीँउमा भारी बोकर हामिललाई पालेका हुन ।

हामिले दैलेखको टुनिबगर, राकम, खड्कििज्युलाबाट भारी बोकेर नुन चामल ल्याउँथ्यौ । अहिले घरसम्ममै गाडी चल्छन । हेर्दा हेर्दा गाउँमै सडक कालोपत्रे भयो साच्चिकै बिकास भनेको यही रहेछ देख्न र भोग्न पाइयो जहलेले खुशी हुदै भने ।’ कर्णालीका १० वटा जिल्ला हरु मध्य कालेपत्रे हुनेमा रास्कोट पहिलो हो ।