☰ open Loading... 20 September 2024|  

नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन माघमा हुने
यामराज बिष्ट   | २२ पुष २०८०, आईतवार ०७:५८

दैलेख –नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गते देखी गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन यही माघ २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने नेकपा एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका बताए । दलितको हकमा भने बीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि अधिवेशनमा सहभागी हुन पाउने उनले जानकारी दिए।
पार्टी कार्यालय सचिव उपाध्यायका अनुसार दैलेखका ११ वटा स्थानीय तहमा पार्टीका ६ हजार ६५३ जना संठित सदस्य छन्।आठौँ जिल्ला अधिवेशनमा भने अहिलेको जिल्ला कमिटीका १०६ जना आयोजक हुने जनाइएको छ।