☰ open Loading... 19 September 2024|  

राष्ट्रिय भलिबल प्रतियोगिता: पुलिसकाे पहिलो जित
पश्चिम नेपाल   | २१ पुष २०८०, शनिबार १२:१४

विभागिय टाेली नेपाल पुलिस सुर्खेतकाे वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिवल प्रतियोगितामा बिजयी शुरुवात गरेकाे छ।आज भएकाे समूह चरण पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई तीन शुन्यकाे साेझाे सेटमा पराजित गरेको हाे।
राष्ट्रिय टोलीका खेलाडिको बाहुल्यता रहेको पुलिसले दुई सेटमा लुम्बिनीलाई २० अंक कटाउन दिएन। तेस्रो सेटमा लुम्बिनी लयमा फर्किएर राेमाञ्चक बनेपनि जित भने निकाल्न सकेन।
पहिलो सेट २५-१४ मा जितेकाे पुलिसले दाेस्राे २५-१७ र तेस्रो २५-२१मा जित निकाल्यो । याे संगै प्रतियोगितामा विभागिय टिमकै दबदबा देखिएको छ। यस अघि नेपाल आर्मी,एपिएफले जित निकालिसकेका छन । हिजाे भएको पहिलो खेलमा लुम्बिनीले बाग्मतीलाई हराएकाे थियोे ।
प्रतियोगितामा आज थप तिनखेल हुदैछन। कर्णाली र मधेस,काेशि र बाग्मती तथा गण्डकी र सुदुपश्चिम भिड्ने भएका छन।
प्रतियोगिगतामा सहभागि १० टोलीलार्इ दुर्इ समुहमा विभाजन गरेर एकआपसमा प्रतिस्पर्धा गराएको छ।कर्णाली रहेको समूह बीमा कर्णालीसहित सुदुरपश्चिम गन्डकी र मधेश प्रदेशका र विभागिय टोली नेपाल आर्मी क्लब रहेका छन।नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुदैछ।