☰ open Loading... 20 September 2024|  

घरेलु टाेली कर्णालीको सानदार जित
पश्चिम नेपाल   | २१ पुष २०८०, शनिबार १२:३३

घरेलु टोली कर्णाली प्रदेशले मधेस प्रदेशमाथि सानदार जित निकालेकाे छ।सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा मधेश प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ ।आज वीरेन्द्रनगरमाको खुल्लामञ्चको खेलमा कर्णालीले मधेशलाई २५-२०, २५-२१ र २५-१७ ले जित हात पार्यो ।

पहिलो खेलमा कर्णाली आर्मीसँग ३ सुन्यकाे सोझो सेटमा पराजित भएको थियो । मधेशले सुदूरपश्चिम प्रदेशलाई ३-२ को सेटमा हराएको थियो । आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनीमाथि ३-० को सोझो सेटमा जित हात पार्यो ।

आजको तेस्रो खेलमा कोशी र बागमतीबीच दिउँसो साढे १२ बजे खेल हुनेछ । दिनको अन्तिम खेल दिउँसो २ : ३० मा गण्डकी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ए मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह बी मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुष २६ सम्म सुर्खेतमा चल्नेछ ।