☰ open Loading... 30 April 2024|  

पर्यटक कुर्दै दैलेखको कोतगढी
यामराज बिष्ट   | २३ पुष २०८०, सोमबार ०८:०१

दैलेख । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको दैलेख सदरमुकाम नारायण नगरपालिका–१स्थित रहेको कोतगढी पर्यटकको पर्खाइमा रहेको छ ।यो ठाउँ पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि प्रचार–प्रसारको अभावमा आन्तरिक तथा वाहृय पर्यटक भित्रिन सकेका छैनन् । दैलेख सदरमुकाम नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढीको केही संरचना परिर्वतन भएपनि तर प्रचारप्रसारमा राज्यको भने जस्तो नजर पुग्न नसकेको स्थानियको गुनासोे छ ।

ढुंगैढुंगाले निर्माण गरिएको दैलेख सदरमुकाममा रहेको कोतगढी पाँच पाण्डवले निर्माण गरेको पत्रकार बिशाल सुनारले बताए ।उनले कोतगढी भित्र रहेको पुरानो कोत घरलाई जस्ताको तस्तै पुन निर्माण गरि त्यसैमा संग्रहालय बनाउने र आन्तरिक ब्यबस्थापनमा जोड दिदै प्रचारप्रसारमा जोड दिनुपर्ने उनले भने मौलिक सङ्चना नभयर कस्मेटिक सङ्चना हुनु सम्पदा माथिको खेलबाड हो ।सयौ बर्षको इतिहासलाई ब्यबस्थापनको नाममा टडक्भडक देखिने गरि निर्माण गरिदा कोतगढीको महत्व घट्ने उनको भनाई छ। सरकारले प्रचारप्रचार गर्ने सके आन्तरिक तथा वाहृय पर्यटक कोतगढी हेर्न आउने उनले बताए ।

यस्तै कोतगढीमा राखिएको तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकालाई दिएको नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले बताए।सशस्त्र द्वन्द्व बेला नेपाली सेनाले आफ्नो सुरक्षाका लागि यही कोतगढी प्रयोग गर्यो।अहिले यो नेपाली सेनाको मातहत रहेको उनले जानकारी दिए। कोतगढीको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा नारायण नगरपालिकाले काम गरिरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकले कोतगढी हेर्न आउनलाई नगरपालिकाले बिभिन्न संञ्चार माध्यमबाट प्रचारप्रसार गरेको उनको भनाई छ। यसले दैलेखको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख शर्माको भनाई छ ।

नेपालमा न्युन मात्रामा रहेको कोतगढी मध्येकै सबैभन्दा ठुलो धार्मिक,सांस्कृतिक एव्म पर्यटकीय क्षेत्रको हिसावले हर्ने हो भने दैलेखमा रहेको उक्त कोतगढीको छुट्टै बिशषेता र महत्व छ ।

यसको संरक्षणको लागि स्थानीय सरकार ,प्रदेश सरकारले पटक पटक बजेट छुट्याए पनि भने जस्तो संरचना नहुँदा पर्यटक भित्रिने सम्भावना कम रहेको स्थानीय रमेश केसिले बताए । स्थानिय सरकारले त्यसलाई बिहान१०बजे देखि४बजे हैन बिहान देखि साझ सम्म खुल्ला गरिनु पर्र्ने मनोरञ्जनका सामाग्रि राख्नु पर्ने, ब्यबस्थित गरेर टोल बिकास समितिको जिम्मा लगाई टिकट सिस्टम बनाउनु पर्ने उनको बताए । गढीको संरक्षण गरेर टिकट सिस्टमको व्यबस्था गरे अझै व्यबस्थित हुने उनको भनाई छ। कोतगढीको संरक्षण गरि प्रचार–प्रसार गर्न सके यहाँको आन्तरिक, तथा आर्थिक श्रोतमा निकै ठुलो सहयोग पुग्ने उनले जानकारी दिए ।

कोतगढीमा पहिले घरहरु थिए, तर हाल छैनन् ।तत्कालि अबस्थामा दैलेखमा रहेको ज्वाला दल गणले दैलेखबाट सुर्खेत सरेर जाँदा तोप पनि स्थानन्तरण गरिएको थियो । २०२८सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसँगै सुर्खेत लगेको थियो ।