☰ open Loading... 25 February 2025|  

जिप दुर्घटना हुँदा १२ जना घाइते
पश्चिम नेपाल   | २५ पुष २०८०, बुधबार १९:२७

पोखराबाट पाल्पा जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने ८ जनाको उद्धार गरिएको तनहुँका प्रहरी निरीक्षक चन्द्र भण्डारीले बताए। उनका अनुसार ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहन खाँडले जानकारी दिए।